साइबर क्राइममा उत्तर कोरिया सबैभन्दा बढी जिम्मेबारः अमेरिका

४ पुस । उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो । गएको मेमा भएको साइबर आक्रमणका कारण विश्वका एक सय ५० भन्दा बढी देशका तीन लाख भन्दा बढी कम्प्युटर प्रभावित भएका थिए । यसबाट अस्पताल, व्यावसायिक फर्म तथा बैंकमा ठूलो असर परेको थियो । आक्रमणका कारण अर्बौं डलर बराबरको नोक्सानी भएको थियो । अमेरिकाले साइबर आक्रमणमा उत्तर कोरियालाई औपचारिक रुपमा आरोप लगाएको पहिलोपटक हो ।+

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com