३ पुुस । नयाँ सरकारको बाटो खुला गरिदिन वाम गठबन्धनले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । जनताले वामगठबन्धनलाई बहुमत दिएकोले पनि जनमतको कदर गर्न तत्काल नयाँ सरकार गठन गनुपर्नेमा वाम गठबन्धनले जोड दिएको छ । आइतबार अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले राष्टिय सभा सम्बन्धि अध्यादेशको बाहना ...
Read More »Author Archives: MTV NEPAL
अमेरिकाले रोक्यो रुसमा हुन लागेको आक्रमणलाई
३ पुुस । अमेरिकाले दिएको सूचनाले गर्दा रुसको सेन्ट पिसर्टवर्गमा हुन लागेको आक्रमण रोक्न सफल भएको छ । सुचना उपलब्ध गराएर सम्भावित क्षतिलाई रोक्न सहयोग गरेकोे भनी डोनाल्ड ट्रम्पलार्ई फोन गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिएका छन् । सेन्ट पिटर्सबर्गको प्रमुख गिरजाघरमा बिद्रोहीले आक्रमणको योजना बनाएको र यो सूचना ...
Read More »प्लाष्टिकको झोलाभित्र मृत बच्चा भेटियो
३ पुस । नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशुको शव भेट्टिएको छ । आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर ...
Read More »मलेसियामा विदेशी कामदार लक्षित स्वास्थ्य बिमा बन्दै
२ पुस । मलेसियाले विदेशी कामदारहरुलाई लक्षित गरी नयाँ स्वास्थ्य बिमा ल्याउने तयारी गरेको छ । उक्त विमा योजनालाई मलेसियाको माथिल्लो संसदले पनि पारित गरिसकेको छ । उक्त योजनाअन्तर्गत विदेशी कामदारले सस्तो शुल्कमा बिमा सेवा लिन सक्नेछन् । संचार माध्यमहरुले उक्त योजना आगामी वर्षदेखि लागु हुने जनाइएको छ । मलेसियामा ...
Read More »संगम कप फुटबल प्रतियोगिता पोखरामा शुरु
२ पुस । संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ...
Read More »कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
२ पुस । कैलालीको गौरिगंगामा बस दुर्घटना भएको छ । गोरिगंगा ४ राजिपपुरमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरीका अनुसार कैलालीबाट धनगढी जाँदै गरेको से १ ख ११९२ नम्बरको बस बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो
Read More »मत गणना सकियो, सांसदको टुंगो लाग्न दुई हप्ता लाग्ने, हेर्नुहोस् कुन दलको कति मत ?
२ पुस । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । तर समानुुपातिक सांसदको अन्तिम टुंगो लगाउन भने दुई हप्ता समय लाग्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुई/तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट ...
Read More »कपिलवस्तुमा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु
२ पुस । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर ...
Read More »सिंहदरबार भित्रबाटै गाडीको टायर चोरी
२ पुस । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सबैभन्दा सुरक्षित स्थान भनेकै सिहदरबारलाई मानिन्छ । पछिल्ला दिनमा त्यही सिहरदरबारमा चोरीका घटनाहरु बढ्न थालेका छ् । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाबाट बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको हो । गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार ...
Read More »होन्डुरसमा हेलिकप्टर दुर्घटना: राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु
२ पुस । हेलिकप्टर दुर्घटनामा होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त भएको हो । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान ...
Read More »
English
MTV NEPAL MTVNEPAL