२ पुस । हेलिकप्टर दुर्घटनामा होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त भएको हो । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए । उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।
राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् ।यता, गत नोभेम्बर २६ मा भएको राष्ट्रिपति निर्वाचनपछि विवादमा रहेका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजले आफ्नो ट्वीटरको अकाउन्टमा कालो रिबन राखेका छन् । निर्वाचन आयोगले हर्नान्डेजले ४३ प्रतिशत मन ल्याएको र उनका प्रतिद्वन्द्वी साल्भाडोर नार्सालाले ४१।४ प्रतिशत ल्याएको घोषणा गरे पनि नार्सालाले धाँधली भएको भन्दै नतिजा नमान्ने बताएका छन् । हालसम्म विजेताको घोषणा हुन सकेको छैन ।

English
MTV NEPAL MTVNEPAL


