३ पुुस । अमेरिकाले दिएको सूचनाले गर्दा रुसको सेन्ट पिसर्टवर्गमा हुन लागेको आक्रमण रोक्न सफल भएको छ । सुचना उपलब्ध गराएर सम्भावित क्षतिलाई रोक्न सहयोग गरेकोे भनी डोनाल्ड ट्रम्पलार्ई फोन गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिएका छन् । सेन्ट पिटर्सबर्गको प्रमुख गिरजाघरमा बिद्रोहीले आक्रमणको योजना बनाएको र यो सूचना सिआइएले रुसी अधिकारीलाई दिएको थियो । त्यसपछि रुसी सुरक्षाकर्मी आक्रमणको योजना असफल पार्न सफल भएको उल्लेख गरिएको छ ।
यो आक्रमण शनिबार गर्ने तयारी भएको थियो । रुसी समाचार संस्था इन्टरफेक्सका अनुसार पुटिनले ट्रम्पसँगको टेलिफोनवार्ताको क्रममा अमेरिकासँग सम्बन्धित यस्तै जानकारी आफूहरुले पाएमा पनि सूचना गर्ने वताएका छन् । इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट समर्थित समूहका सातजनालाई हतियार, विस्फोटक पदार्थ र पमप्लेटसहित पक्राउ गरिएको रुसी सुरक्षा सेवा एफएसबीले जनाएको छ । यहि समूहले आक्रमणको योजना बनाएको एफएसबीको दाबी छ ।

English
MTV NEPAL MTVNEPAL


