मत गणना सकियो, सांसदको टुंगो लाग्न दुई हप्ता लाग्ने, हेर्नुहोस् कुन दलको कति मत ?

२ पुस । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।  तर समानुुपातिक सांसदको अन्तिम टुंगो लगाउन भने दुई हप्ता समय लाग्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुई/तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी पठाउने बताए । त्यसपछि दलहरुलाई एक हप्ता जतिको समय दिएर नाम टुंगो लगाउन दिने तयारी भएको छ । यी प्रक्रिया पूरा गरेपछि मात्र समानुपातिक तर्फबाट चुनिनेहरुको नाम टुंगो लाग्ने उनले बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ । एमालेभन्दा कांग्रेस ४६ हजार २ सय २७ मतले पछाडि छ । मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत, कांग्रेसले ३१ लाख २४ हजार ७९०, नेकपा ९माओवादी केन्द्र० ले १३ लाख २ हजार ३४७ मत पाएका छन् । थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २३९ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार १६३ पाएका छन् ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ । प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक(एक सिट जितेका छन् ।

 

9
THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com