बसको ठक्करबाट एक युवकको मृत्यु

गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ । मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com