एक्कासी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन पुगे सितल निवासमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न सितल निवास पुगेका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अध्यादेश जस्ताको त्यस्तै जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेका बेला वाम गठबन्धनका नेतासँग राष्ट्रपतिले छलफल गर्न चाहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेको छ । एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने बताइरहेको छ भने माओवादी मध्यमार्गी समाधानको पक्षमा छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com