अफ्रिकाकै चर्चित पूर्व फुटवल खेलाडी लिबेरियाको राष्ट्रपतिमा विजयी

पूर्व फुटवल खेलाडी जर्ज उएच लिबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपति जोसेफ बोकाइलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्र्वाचित भएका हुन् । ९८ प्रतिशत मत खसेको उक्त चुनावमा जर्जले ६१ दशमलब ५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाउ दिएको छ । विजय पछि उनका समर्थक हरु  विजय जुलुस मनाइरहेका छन् । उनी एक समयमा अफ्रिकाका सबैभन्दा चर्चित फुटबल खेलाडी समेत हुन् ।  जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । उनी चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेले ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com