म्यानमार, पुस १३ । समाचार संकलनका क्रममा पक्राउ परेका रोयटर्सका दुईजना संवाददातालाई थप दुई साता हिरासतमा राखेर अनुसन्धान गर्न म्यानमार अदालतले स्वीकृत दिएको छ ।
म्यानमारमा रोहिंग्या मुस्लिम समुदायका बारेमा निरन्तर समाचार संकलन गरिरहेका उनीहरुलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । रोहिंग्या मुस्लिमहरुको समर्थनमा र सरकारको विरुद्धमा समाचार सम्प्रेषण गरिएको आरोप उनीहरुमाथि लगाइएको छ ।
यता, रोयटर्सले भने पक्राउ परेका आफ्ना दुवै संवाददातालाई तत्काल रिहा गर्न माग गरेको छ ।
यद्यपी म्यानमार सरकारले भने भ्रामक समाचार सम्प्रेषण गरी जातीय दंगा फैलाउन सहयोग गरेको आरोप लागेकाले रिहा गर्न नमिल्ने जनाएको छ । उनीहरुमाथि लागेको आरोप प्रमाणित भए १४ वर्षसम्मको जेल सजायँ हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


