Author Archives: MTV NEPAL

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका लागी मलेसिया गएका एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सेर्गा गाउँका कर्म शेर्पाको गएको बुधबार सुतेको अवस्थामै ज्यान गएको हो । ७ वर्षअघि मलेसिया पुगेका शेर्पा साहआलममा मेट्रो म्यनुफ्याक्चरिङमा काम गर्दै आएका थिए । शेर्पाको शव पोस्टमार्टम पछि अस्पतालमा राखिएको छ । तर रिपोर्टबारे कुनै पनि जानकारी ...

Read More »

प्रधानमन्त्री ओलीलाई दिल्लीमा गृहमन्त्रि राजनाथ सिंहको स्वागत

तिन दिने भ्रमणका लागी भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए । प्रधानमन्त्री ओली आज विहान ५४ सदस्यीय नेपाली ...

Read More »

राजपाको माग: रेशम चौधरीको शपथग्रहण

कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । आज बसेको राजपा नेपाल संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग ...

Read More »

डिपिएलमा विराटनगर किङ्सको दोस्रो जित

धनगढी प्रिमियर लिगमा आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ । विराटनगरले घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । धनगढीस्थित संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा १२७ रन बनाउँदै अलआउट भयो ...

Read More »

नक्कली सुन धितो राखेर पैसा लिने ६ जना पक्राउ

नक्कली सुनको गरगरहना धितो राखेर पैसा लिने ६ जना पक्राउ परेका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गर्ने पक्राउ परेका हुन् । बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम ...

Read More »

सलमान खान दाेषी ठहर,कालो हरिण मारेको आरोप

वीस वर्ष पुरानो कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई खानलाई दोषी ठहर गरेको छ । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा खानलाई दोषी ठहर गरेको हो । उनीसँगै, दर्ता भएको मुद्दा मध्ये ...

Read More »

मयुरसँगै साझा र मेट्रो सेवा आजैदेखि धुलिखेल

सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् । समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि उनीहरुले गाडी चलाउन थालेका हुन् । मयुर यातायातले रुट इजाजत पाएपछि ...

Read More »

प्रदेश १ मा चट्याङ बाट २ को मृत्यु, ११ घाईते

खोटाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् । बुधबार साँझ र बिहीबार बिहान प्रदेश १ का विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ मा चट्याङ पर्दा बुधबार साँझ स्थानीय ६२ वर्षीय सम्मरबहादुर दाहालको मृत्यु भएको ...

Read More »

भारतको ‘रेड लाइट एरिया’ मा पाँच नेपाली युवति

भारतको आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका छन् । प्रहरीले कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् भने बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न ...

Read More »

पौडेलको हत्यामा संलग्न मुख्य सुटर पक्राउ

रुपन्देही युवा संघका कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी घर लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो । गएको पुस २१ गते रुपन्देहीको देवदह नगरपालिका ढेकारमा रहेको आफ्नो फर्निचर ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com