धनगढी प्रिमियर लिगमा आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित निकालेको छ ।
विराटनगरले घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । धनगढीस्थित संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा १२७ रन बनाउँदै अलआउट भयो ।
चौराहाका लागि कसिलो बलिङ गरेका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुई दुई विकेट हात पारे ।
बलिङतर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान दुई÷दुई विकेट लिए ।

English
MTV NEPAL MTVNEPAL


