नक्कली सुन धितो राखेर पैसा लिने ६ जना पक्राउ

नक्कली सुनको गरगरहना धितो राखेर पैसा लिने ६ जना पक्राउ परेका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गर्ने पक्राउ परेका हुन् ।

बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी पक्राउ परेका छन् ।

उनीहरु मध्ये खड्का र खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

त्यस्तै, तामाङलाई अदालतले ३ लाख ९८ हजार रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसकेपछि थुनामा गएका छन् । उनी बैंकको बिर्तामोड शाखाका नगद सहायक सुन जाँचकी समेत भएको प्रहरीको भनाइ छ ।

श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारीलाई जनहि ७० हजार धरौटी तिरेर छुटेका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com