वीस वर्ष पुरानो कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई खानलाई दोषी ठहर गरेको छ । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा खानलाई दोषी ठहर गरेको हो ।
उनीसँगै, दर्ता भएको मुद्दा मध्ये सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ ।
फैसला सुनाउनुअघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए ।
सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १४२ अन्तरगत ५ वर्षको जेल सजाय सुनाइएको छ ।
सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

English
MTV NEPAL MTVNEPAL


