मयुरसँगै साझा र मेट्रो सेवा आजैदेखि धुलिखेल

सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् ।

समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि उनीहरुले गाडी चलाउन थालेका हुन् ।

मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सवा रोकेर आन्दोलन गरेका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं–बनेपा–धुलिखेल रुटमा इजाजत पाएका छन् ।

ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि सिन्डिकेटबाला व्यवसायीहरु पछि हटेका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com