प्रदेश १ मा चट्याङ बाट २ को मृत्यु, ११ घाईते

खोटाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् ।
बुधबार साँझ र बिहीबार बिहान प्रदेश १ का विभिन्न जिल्लामा वर्षा भएको छ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ मा चट्याङ पर्दा बुधबार साँझ स्थानीय ६२ वर्षीय सम्मरबहादुर दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी खोटाङकै साकेला गाउँपालिका २ मा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको छ । उनका श्रीमान् प्रेमबहादुर खत्री घाइते भएका छन् ।

उता उदयपुरको कटारीमा चट्याङले जलसरी राई, सीता राई, सबिना राई, खेतबहादुर सुनुवार, तारा कार्की र हीरामाया जोग घाइते भएका छन् । उता, भोजपुरको पौवादुम्मा गाउँपालिका–५ मा परेको चट्याङले तारा घिमिरे, घाइते भएकी छन् । मोरङको लेटाङ नगरपालिका–७ मा चट्याङले लालमाया लिम्बू, दिलमाया लिम्बू र नरबहादुर लिम्बू घाइते भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com