भारतको आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका छन् ।
प्रहरीले कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् भने बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो । ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ ।
प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


