रुपन्देही युवा संघका कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय विवेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएका थिए । उनको स्थायी घर लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो ।
गएको पुस २१ गते रुपन्देहीको देवदह नगरपालिका ढेकारमा रहेको आफ्नो फर्निचर उद्योगमा बसिरहेको बेला पौडेलको गोली हानी हत्या भएको थियो ।
हत्यामा संलग्न पदम चौधरी र महेन्द्रनारायण चौधरी यसअघि नै पक्राउ परिसकेका छन् ।

English
MTV NEPAL MTVNEPAL


