विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
आज हुने अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ ।
बुधबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

English
MTV NEPAL MTVNEPAL


