खाडी मुलुकमा पानी बेचेर रोजगारी सिर्जना गर्छु : मन्त्री बिना मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको पानीलाई खाडी मुलुकमा बेचेर स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी योजना बनाउने तयारी भईरहेको बताउनुभएको छ । प्रत्येक नेपालीको घर घरमा स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको भन्दै मन्त्री मगरले नेपालको प्रयाप्त पानी खाडी मुलकमा बेचेर नेपालीलाई स्वरोजगार बनाउन सकिने बताउनुभयो ।

‘स्वच्छ खानेपानी स्वस्थ जिन्दगानी’ भन्ने मुल नारा सहित बर्दियाको कुसुम्बा खानेपानी तथा सरसफाई समितिको छैटौ साधारण सभाको उद्घाटन गर्दै उहाँले मानिसमा पानीका कारण लाग्ने ८० प्रतिशत रोगबाट बच्नका लागि प्रत्येक नेपालीको घरघरमा स्वच्छ खानेपानी पर्याउने दावी गर्नुभयो ।

वर्तमान अवस्थामा नेपालमा आधारभूत तहमा खानेपानीको पहुँच नभएको स्विकार गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी पिउन पाउनुपर्ने अधिकार मौलिख हमको रुपमा ज्ञारेन्टी गरेका कारण अव सबै जनताले स्वच्छ पानी पिउने अवस्थाको सृजना गरिने प्रतिबद्धता जनाउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com