बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली कामदारहरुको स्वास्थ परिक्षणको क्षेत्रमा लामो समय देखी रहेको सिण्डिकेट अब अन्त्य हुने भएको छ ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आफ्नो पद बहाली गर्दाकै बखत यो क्षेत्रमा रहेका तमामखाले सिण्डिकेटको अन्त्य गर्ने बाताएका थिए । मन्त्री बिष्टले बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली कामदारहरुको सरकारी अस्पतालमै स्वास्थ परिक्षण गर्नको लागि सम्बन्धित सरोकारवालाहरुसँग छलफल अगाडि बढाएका छन । उनले स्वास्थ्य राज्यमन्त्री पद्यमाकुमारी अर्याल र स्वाथ्य सचिव डा पुष्पा चौधरीसँग छलफल गरेका छन् ।
सरकारले वैदेशिक रोजगारीका लागि एक सय १० वटा देश खुल्ला गरेको छ। हाल कोरिया जाने युवाको मात्रै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिन्छ। अन्य देशमा जाने युवाको स्वास्थ्य परीक्षण गर्नका लागि २ सय ३५ वटा स्वास्थ्य संस्था सूचिकृत भएका छन्। तर ती सबै स्वास्थ्य संस्थाले सबै देशमा जाने युवाको स्वास्थ्य परीक्षण गर्न पाउँदैनन । मलेसियामा बायोमेट्रीक लागु भएपछि ३९ वटा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्छन्। यस्तै साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउँछन्। अरु देशमा भने सुचिकृत भएका २ सय ३५ संस्थालाई अनुमती छ।
केहि देशले आफ्नो देशमा लाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था आफैं तोकेकाले यसका लागि कुटनीतिक पहल थाल्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिने भएको छ। स्वास्थ्य परीक्षणलाई कसरी सहज र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा दुबै मन्त्रालयले थप गृहकार्य गरेर टुंगो लगाउने भएका छन्। श्रोतका अनुसार यसका लागि सरकारी अस्पतालमा छुट्टै शाखा बनाउने देखि छुट्टै लाइन लागेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने योजना सरकारले अघि सारेको छ। तर पहिले गन्तव्य देशसँग यस विषयमा कुटनीतिक पहल थालिने भएको छ। ती देशले मानेमा स्वास्थ्य क्षेत्रको हाल देखिएको सिन्डिकेट तोडिनेछ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले यो निर्णय भएर कार्यन्वयनमा आएमा स्वास्थ्य संस्थाको मनपरि अन्त्य हुने बताए। विभिन्न नाममा अहिले भैरहेको कामदार ठगी अन्त्य हुने उनको भनाई छ। स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण गर्दा बढि रकम लिँदै आएका छन्।

English
MTV NEPAL MTVNEPAL


