Author Archives: MTV NEPAL

वाफबाट त्रसित नबन्न भूगर्भशास्त्रीको आग्रह जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको

लमजुङकाे सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् ।  जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि ...

Read More »

फास्ट ट्रयाकमा सेनाले आफैं डीपीआर बनाउने

२ माघ, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । त्यसैले अब भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । सोमबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । डिटेल ...

Read More »

कांग्रेसको कार्यसमिति बैठक बिहिबार बस्दै राष्ट्रिय सभाको निर्वाचन र चुनावी परिणाम बेहोर्नुपरेको हारको समीक्षा हुने

नेपाली कांग्रेसले बिहीवारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक विहान ११ बजे बस्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र चुनावी परिणाम बेहोर्नुपरेको हारको समीक्षा हुने बताइएको.छ । नेपाली कांग्रेसले निर्वाचनको परिणाम आएपछि यसअघि कार्यंसमितिको बैठक अझैसम्म पनि बोलाएको थिएन । कांग्रेसका ...

Read More »

स्टोक सिटी विरुद्ध म्यान्चेस्टर युनाईटेडको ३–० को जित

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ ...

Read More »

चोटका कारण डेम्बेले फेरि मैदान बाहिर

माघ २ – यहि सिजन बोरुसिया डर्टमुण्डबाट ९६.८ मिलियन पाउण्डमा बार्सिलोना आएका डेम्बेले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल सोसिडाडसँगको खेलको क्रममा चोटग्रस्त भएका छन् । विश्वका तेस्रो महंगा फुटबल खेलाडी उसमान डेम्बेले फेरि एक महिना मैदान बाहिर रहने भएका छन् । खुट्टाको घुँडा भन्दा माथिको भागको चोटका कारण ...

Read More »

लिबियाको विमानस्थलमा भएको झडपमा ९ जनाको मृत्यु

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन । जेलमा रहेका आफ्ना ...

Read More »

प्रदिप र जसिताको ‘इज इट लभ’ सार्वजनिक

अहिलेका चर्चित नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलन गरी चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रदर्शन ...

Read More »

चक्कु प्रहार गरी कञ्चनपुरमा एकको हत्या

२ माघ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या भएको छ । बैतडीको दशरथचन्द नगरपालिका(२, देहीमाण्डौँ घर भएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी ...

Read More »

काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी प्रवेशमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ ।  काठमाडौं महानगरपालिकाका १७, १८, १९, २२, २४, २५ र २७ वडामा पर्ने भित्री सडकमा चारपांग्रे सवारी प्रवेशमा रोक लगाइएको हो । सम्पदाको संरक्षण तथा साँघुरो बाटोमा सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न महानगरको ...

Read More »

आज प्रदेश प्रमुख तोकिने

प्रदेश प्रमुख तोक्न ढिलाई भएको भनेर सर्बत्र आलोचना भएपछी सरकारले आज प्रदेश प्रमुख तोक्न मन्त्री परिसदको बैठक बोलाएको छ । उक्त कार्यको लागि प्रधानमन्त्रि शेर बहादुर देउवाले आज प्रमुख पार्टिका नेताहरु सँग छलफल गर्नु हुने भएको छ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com