Traffic jam, street scene, Kathmandu, Nepal, Asia

काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी प्रवेशमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ ।  काठमाडौं महानगरपालिकाका १७, १८, १९, २२, २४, २५ र २७ वडामा पर्ने भित्री सडकमा चारपांग्रे सवारी प्रवेशमा रोक लगाइएको हो । सम्पदाको संरक्षण तथा साँघुरो बाटोमा सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न महानगरको निर्णयअनुसार आजदेखि यी क्षेत्रमा चारपांग्रे सवारी संचालनमा रोक लगाइएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले बताए ।

एम.टि.भि नेपालसँग कुरा गर्दै डीआईजी खनालले भने, “सवारी क्षेत्रगत रुपमा अनुगमन गरी ७ वटा वडामा पर्ने विभिन्न सडकमा दिउँसोको समयमा चारपाग्रे सवारी साधन रोक लगाइएको हो, रातिको समयमा भने अहिले तत्कालका लागि चल्न पाउनेछन् ।” उनका अनुसार अबदेखि नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेङ्लबाट बाङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थहिटी लगायतका क्षेत्रमा सवारी साधन एकतर्फी मात्र जान पाउनेछन् ।

त्यसैगरी इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याठाबाट त्यौड, थहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिएको पनि डीआईजी खनालले बताए । उनका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजे सम्म चारपांग्रे सवारी चलाउन पाइनेछैन ।

रातको समयमा सामग्रीहरु ओसार्नुपर्ने भएका कारण र मानिसको चाप नहुने भएकाले चल्न दिइने पनि उनले बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com