प्रदिप र जसिताको ‘इज इट लभ’ सार्वजनिक

अहिलेका चर्चित नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलन गरी चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रको प्रदर्शन मिति वैशाख १४ लाई तोकिएको छ । सार्वजनिक गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोलाई सुदिप बरालले खिचेका हुन् । स्कटल्याण्डको रमणिय लोकेशनमा यो गीतको भिडियो खिचिएको छ ।
चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप लगायतका कलाकार उपस्थित थिए । गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com