मंगलबार, २ माघ, २०७४ मा प्रकाशित,
काठमाडौं, माघ २ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १२ मा झारेको छ ।
आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो मार्टियलले एक–एक गोल गरे ।
२३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ ।
४७÷४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् । रेलिगेशन जोनमा रहेको स्टोक सिटीको २० अंक छ ।

English
MTV NEPAL MTVNEPAL


