वाफबाट त्रसित नबन्न भूगर्भशास्त्रीको आग्रह जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको

लमजुङकाे सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् ।  जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास्त्री ल्याएर परीक्षण गरेको थियो ।

परीक्षणपछि जमिनबाट निस्किएको बाफ सामान्य भएको भूगर्भशास्त्री अनिरुद्र पौडेलले बताउनुभयो । उहाँले जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको बताउनुभयो । जमिनबाट निस्किएको बाफ सामान्य भएको बताउँदै भूगर्भशास्त्री पौडेलले विचलित नहुन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।  विशेष गरी बिहान र बेलुकी धुवाँजस्तै तातो बाफको मात्रा बढी आउन थालेपछि स्थानीयवासीले आवश्यक परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । – रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com