राष्ट्रिय

चार राजनीतिक दलबीच पार्टी एकता

– चार राजनीतिक दलबीच शनिबार पार्टी एकता भएको छ ।  सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ । सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ...

Read More »

सर्लाही : छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

सर्लाहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवपुरमा साइकललाई ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा हरिवन–४ का १३ वर्षे आयुष न्यौपानेको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका आयुषलाई उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी जनाएको छ ...

Read More »

समानुपातिकमा नपरेको भन्दै माओवादीमा विद्रोह सुरु, नेताहरुमा भयो हानाहान

शुक्रबार पेरिसडाँडामा बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकमा समानुपतिक उम्मेद्वार छनोट गर्दा चित्त नबुझेपछि नेताहरु बीचमै हात हाल्ने काम भएको छ । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो । पाटीमा योगदान दिएका र ...

Read More »

कमल थापाले हारेको भन्दै भाइले दिए राजिनामा

पार्टी अध्यक्ष कमल थापा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि राप्रपा मकवानपुर जिल्ला सभापतिबाट गणेश थापाले राजीनामा दिएका छन् । कमल थापाका कान्छा भाइसमेत रहेका गणेश थापाले पार्टी अध्यक्षजस्तो राष्ट्रिय व्यक्ति मकवानपुरबाट चुनावमा पराजित हुनु जिल्लाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् । सक्दो प्रयास गर्दा पनि अध्यक्षलाई चुनाव जिताउन नसकेकोमा आत्मग्लानी ...

Read More »

लिंग पहिचानसम्बन्धी गर्भपतनले विकृति ल्यायो

असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।  बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिंगको पहिचान गर्ने कार्यले ...

Read More »

यसरी फुक्यो अध्यादेशको गाँठो

राष्ट्रियसभा निर्वाचन प्रणालीका नाममा अढाइ महिनायता जारी दलीय द्वन्द्व टुंग्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को अध्यादेश स्वीकृत गरेकी छन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् । सरकारले कात्तिक ६ गते नै राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश निर्वाचन प्रणालीका विषयमा ठूला दलबीच हानथापका कारण रोकिँदै आएको ...

Read More »

केपी ओली सशंकित, भन्छन् ममाथि चलखेल हुँदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन्  । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ ओलीले भने । भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा ...

Read More »

प्रचण्डलाई किन एकिकृत पार्टीको अध्यक्ष बनाउने भन्दैछन् झलनाथ? के होला रहस्य

पुर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादीसँगको एकतापछि एकताको महाधिवेशन नहुँदासम्म संक्रमणको अवस्थामा रहन सक्ने बताएका छन् । त्यस्तो संक्रमणकालको लागि कस्तो मोडल बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एकतापछि को अध्यक्ष बन्ने भन्ने विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका ...

Read More »

नारायणगढ-मुग्लिन सडक विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई झमेला

नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रभावित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् ।सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास हुने गरेकाले यात्रुले मठमन्दिरदेखि खाना पकाउने चुलोसम्ममा दिसापिसाब गरेको स्थानीयवासीको गुनासो छ ।उक्त सडक पर्ने भरतपुर महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष मानबहादुर ...

Read More »

राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

१४ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com