प्रचण्डलाई किन एकिकृत पार्टीको अध्यक्ष बनाउने भन्दैछन् झलनाथ? के होला रहस्य

पुर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादीसँगको एकतापछि एकताको महाधिवेशन नहुँदासम्म संक्रमणको अवस्थामा रहन सक्ने बताएका छन् । त्यस्तो संक्रमणकालको लागि कस्तो मोडल बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एकतापछि को अध्यक्ष बन्ने भन्ने विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् । उनले माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नै एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्ने तर्क अगाडि सारेका छन् । यद्यपी औपचारिक निर्णय नभएसम्म आफूले मात्रै बोलेर नहुने उनको भनाइ थियो ।

पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलको तर्फबाट प्रस्ताव पेश भएपछि बाँकी विषयहरूमाथि छलफल हुने उनले बताएका छन् । एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक तत्काल बस्ने उनको भनाइ थियो । एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरेका नेता खनालले भने, ‘केहीदिन बसेर छलफल गरेर निष्कर्ष निकाल्छौँ । सबैभन्दा ठूलो दल एमाले भएकाले एमालेबाटै प्रधानमन्त्री बनाउँछौँ । व्यक्तिको चयन छलफल गरेर तय गछौँ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com