पार्टी अध्यक्ष कमल थापा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि राप्रपा मकवानपुर जिल्ला सभापतिबाट गणेश थापाले राजीनामा दिएका छन् । कमल थापाका कान्छा भाइसमेत रहेका गणेश थापाले पार्टी अध्यक्षजस्तो राष्ट्रिय व्यक्ति मकवानपुरबाट चुनावमा पराजित हुनु जिल्लाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सक्दो प्रयास गर्दा पनि अध्यक्षलाई चुनाव जिताउन नसकेकोमा आत्मग्लानी भएको भन्दै उनले हारको नैतिक जिम्मेबारी लिन तयार रहेको पनि उल्लेख गरेका छन् ।पार्टीको जिम्मेबारीबाट राजीनामा दिएपछि पार्टी र कार्यकर्ताको संरक्षण तथा हकहितका लागि सदैव तयार रहेको थापाले बताएका छन् । उनले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक तथा मतदाताप्रति आभारी व्यक्त गरेका छन् । उनले आफ्नो राजीनामा र पार्टीको हारबाट बिचलित नभई संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्तामा आहृवानसमेत गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


