सर्लाही : छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

सर्लाहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवपुरमा साइकललाई ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा हरिवन–४ का १३ वर्षे आयुष न्यौपानेको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका आयुषलाई उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरी जनाएको छ । यस्तै हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा ज १ त २२१३ नम्बरको ट्रयाक्टर अनियन्त्रित पल्टिँदा २० वर्षका चालक जनसहिल मंसुरको ज्यान गएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com