काठमाडौँ: अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । मंगलबार इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान ...
Read More »राष्ट्रिय
विश्व प्रकाशलाई कांग्रेस प्रवक्तामा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्तामा विश्व प्रकाश शर्मालाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधानअनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । नेविसंघका पूर्व सभापति शर्मा १३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य चयन भएका थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट ...
Read More »सरकारको उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी
सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो । त्यस्तो तयारीको आलोचना भएपछि सरकार नयाँ विकल्पमा प्रवेश गरेको हो ...
Read More »ओली भेटन प्रचण्ड बालकोट पुगे, १२ बजे ओली थाइल्यान्ड प्रस्थान गर्ने
काठमाडौं । नियमित स्वास्थ परिक्षणको लागि थाइल्यान्ड जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बसेको भोलिपल्टै दुई पार्टीका अध्यक्षबीच छलफल हुन लागेको हो । एमाले–माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य ...
Read More »बढ्दै चाँदिको तस्करी, सरकारी निकाय मौन
काठमाडौं । नेपालमा चाँदी आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षका चार महिनामा गत वर्षको तुलनामा करिब शतप्रतिशतको बढोत्तरी पाइएको छ । नेपालबाट चाँदीको तस्करी मौलाइरहेको आशंकालाई यसबाट बल मिल्ने सुनचाँदी व्यवसायीहरु नै बताउँछन् । एम.टि.भि नेपालसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य नेेपालमा औसतमा चाँदीको बजार ...
Read More »सर्वोच्च अदालतमा प्रा डा केसीको बयान सुरु
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको बयान सुरु भएको छ। उनलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनको बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा ...
Read More »पार्टी एकता टुङ्गो लगाउन आज संयोजन समितिको बैठक
एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषयमा आजको संयोजन समितिमा छलफल हुने जानकारी दिइन् । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ ...
Read More »गोविन्द केसीको समर्थनमा गगन, बाबुराम, र रवीन्द्र सडकमा
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर नागरिक समाजले ऐक्यवद्धता जनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो ...
Read More »मोटरसाइकलको ठक्करबाट ३ वर्षीया आरजुको मृत्यु
बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ । से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछामको बयलपाटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मोटरसाइकल चालक ...
Read More »स्थानीय तहका जनप्रतिनिधिलाई नेपाली पोशाक लगाउने
खोटाङ – स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, ...
Read More »
English
MTV NEPAL MTVNEPAL