ओली भेटन प्रचण्ड बालकोट पुगे, १२ बजे ओली थाइल्यान्ड प्रस्थान गर्ने

काठमाडौं । नियमित स्वास्थ परिक्षणको लागि थाइल्यान्ड जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । पार्टी एकता संयोजन समितिको बैठक बसेको भोलिपल्टै दुई पार्टीका अध्यक्षबीच छलफल हुन लागेको हो । एमाले–माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्ड, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव सम्मिलित कार्यदल गठन गरेको थियो ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई पार्टीका अध्यक्षबीच बिहान ९ बजे भेटवार्ता हुने र त्यसपछि कार्यदल सदस्यलाई निर्देशन दिने कार्यक्रम रहेकाे जानकारी दिए । यही कार्यदललाई  ओली र प्रचण्डले बुधबार निर्देशन दिन लागेका हुन् ।

१२ बजे ओली थाइल्यान्ड प्रस्थान गर्ने

यसैबीच, एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्ड जाने भएका छन् । बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट ओली बैंकक जान लागेको जानकारी उनको सचिवालयले दिएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com