डा केसीलाई अदालतमा उपस्थित गराइयो, मुद्दाको इजलास परिवर्तन

काठमाडौँ: अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।  मंगलबार  इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । सर्वोच्च अदालतले डा. गोविन्द केसीको मुद्दामा सुनुवाइ गर्ने इजलास परिवर्तन गरेको छ। मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त इजलासमा बयान भएको थियो। बुधबार बहसका लागि भने न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ।

सामान्यतया बयान गराएको इजलासले नै मुद्दाको बाँकी प्रक्रिया अघि बढाउने गर्छ। तर, केसी विपक्षी रहेको अपहेलनाको हेर्दाहेर्दैको मुद्दामा इजलास परिवर्तन भएको हो। सर्वोच्चको पेशी व्यवस्थापनमा प्रधानन्यायाधीशको भूमिका निर्णयक हुन्छ। बयान गराएका इजलासका एक सदस्य ओमप्रकाश मिश्रलाई आज प्रधानन्यायाधीश सहितको पूर्ण इजलासमा तानिएको छ। केसी विपक्षी रहेको मुद्दामा बहस सुरु भइसकेको छ। अहिले सर्वोच्च प्रशासनका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीको बहस जारी छ।

यसअघि  सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा केसीसँग मंगलबार पनि बयान लिएको थियो । बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ आज लागि तय भएको छ । मंगलबार बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले सुनुवाइ हुन नसकेको हो । डा केसीले हिजो अवहेलना मुद्दामा सात पेज बयान दिएका थिए । केसीको पक्षमा वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतले बहस गर्ने बताइएको छ ।

प्रा डा केसीको सुनुवाइ आज हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ । अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com