राष्ट्रिय

दाउन्ने पाँचवटा सवारी साधन एकआपसमा ठोक्किदा एकजनाको मृत्यु, सातजना घाइते

नवलपरासी, पुस २५ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट ...

Read More »

एमाले–माओवादी एकताका लागि संयोजन समितिको बैठक बालकोेटमा बस्दै

काठमाडौँ । झण्डै साढे तीन महिना अघि (असोज १७) पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीको पार्टी एकताका लागि गठन भएको संयोजन समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्न लागेको एमाले महासचिव तथा एकता संयोजन समितिका सदस्य इश्वर पोखरेलले ...

Read More »

अदालतको अबहेलना मुद्दामा ड. गोविन्द केसीलाई अदालत उपस्थित गराइयो

२५ पुस, काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशलगत्तै डा. ...

Read More »

पूर्व राजा ज्ञानेन्द्र र योगी आदित्यनाथको नेक्सस

काठमाडौं : योगी आदित्यनाथले ट्विट गरेपछि मात्र सार्वजनिक भयो – आराम गर्न नेपालगञ्ज गएका पूर्व राजा ज्ञानेन्द्र शाह लखनउ शहर पुगेका रहेछन्। कुनै समय भारतका सम्पन्न वादशाहहरुको देश लखनउमा ज्ञानेन्द्रको यात्रा राजाको हैसियतमा थिएन। र, आदित्यनाथले प्रयोग गरेको भाषाले प्रस्ट भनेको छ – पूर्व राजा ज्ञानेन्द्र मलाई भेट्न मेरै कार्यालयमा आए ...

Read More »

डा केसी सोमबार ३ बजेबाट फेरी अनशन बस्दै

। डा. गोविन्द केसी सोमबार दिउँसो ३ बजेदेखि फेरि अनशन बस्ने भएका छन् । सर्वोच्च अदालतले बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई पुनर्बहालीको आदेश दिएपछि डा. केसी पुनः अनशनमा बस्ने निर्णयमा पुगेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनशन बसेका डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल ...

Read More »

पार्टी एकताका विषयमा छलफल गर्न एमालेले डाक्यो बैठक

कपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।  बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने एमालेले जनाएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष ...

Read More »

काभ्रे बन्न सक्छ प्रदेश- ३ को राजधानी ? यस्ता छन् सम्भावना

प्रदेश नं ३ को राजधानी काभ्रेमा बन्न सक्ने संभावना देखिएको छ । सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो ।  यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको ...

Read More »

युपीका मुख्यमन्त्री आदित्यनाथद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनउमा स्वागत गरेका छन् । स्थल मार्गबाट नेपालगञ्ज हुँदै युपी पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई आदित्यनाथले दोसल्ला ओडाएर स्वागत गरेका हुुन् । मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै नेपालका पूर्व नरेश ज्ञानेन्द्रसँग लखनउ स्थित सरकारी निवासमा भेट भएको जनाएका छन् । भारतीय ...

Read More »

डा. गोविन्द केसी प्रधानन्यायधिश विरुद्ध जुध्न कस्सिए, कारण यस्तो छ

चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाबद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा.शशि शर्माको पुनर्बहाली निर्णयप्रति आपत्ति जनाएका छन्। आइतबार वक्तव्य जारी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध नै संघर्ष गर्ने चेतावनी दिए। ‘आईओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रूपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठअनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै ...

Read More »

नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: १० हजारदेखि दुई लाख सम्ममा बिक्री

काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTSको प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेको  हो । काठमाडौं प्रहरीले प्रश्नपत्र आउट गराउने कार्यमा संलग्न सुरज लामा, निकेश न्यौपाने, विधान आचार्य र गणेशराज ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com