एमाले–माओवादी एकताका लागि संयोजन समितिको बैठक बालकोेटमा बस्दै

काठमाडौँ । झण्डै साढे तीन महिना अघि (असोज १७) पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीको पार्टी एकताका लागि गठन भएको संयोजन समितिको बैठक आज बस्दैछ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्न लागेको एमाले महासचिव तथा एकता संयोजन समितिका सदस्य इश्वर पोखरेलले बताए । एकता संयोजन समितिमा दुवै पार्टीका अध्यक्ष तथा एमालेबाट माधव नेपाल, झलनाथ खनाल, बामलेव गौतम, इश्वर पोखरेल छन् भने माओवादीका प्रचण्डको अलवा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा वादल रहेका छन् ।

आजको बैठकमा दुवै पक्षले एकताका लागि अ–आफ्ना तर्फबाट बैचारिक राजनीतिक एजेण्डा प्रस्तुत गर्नेछन् । अजेण्डा तयार गर्न दुवै पार्टीको हिजो बैठक बसेको थियो ।

‘मोटामोटी आफ्नो पार्टीबाट एकता लागि एजेण्डा तयार भएपनि आज बस्ने बैठकमा वैचारिक राजनीति र सांगठनिक ठोस एजेन्डा तयार गर्ने काम हुनेछ,’ माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले MTV नेपाललाई भने ।

असोज १७ गते पार्टी एकता गर्ने सहमति सार्वजनिक गरेको दुई दलको एकता संयोजन समितिको बैठक गत कार्तिक १५ गते बसेको थियो । झण्डै साढे दुई महिनापछि बस्न लागको आजको बैठकले एकता प्रकृयालाई तिव्रता दिने नेताहरुको विश्वास छ ।

यसअघि गत आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबार्तामा मंगलबार (आज) एकता संयोजन समितको बैठक राख्ने सहमति बनेको थियो । समितिको बैठकले कार्यदल बनाएर एकताको मोडल तयार गर्ने र त्यो मोडलमा नेताहरुले सहमति जनाएपछि पार्टी एकता घोषणा गरिने छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com