अदालतको अबहेलना मुद्दामा ड. गोविन्द केसीलाई अदालत उपस्थित गराइयो

२५ पुस, काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।

डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

 

डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका हुन । उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

उक्त प्रदर्शनमा विभिन्न दलको नेताहरुले डां केसीको समर्थनमा सम्बोधन गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री गगन थापाले सम्बोधन गर्दै भने श्रीमान गोविन्द केसीलाई लाग्छ भने हामीलाई पनि मानहानी लागोस, उनले भने हामीले अदालतको मान बढाउन विगतमा आन्दोलन गरेका हौँ, डा. केसीले उठाएको विषय चिकित्साशास्त्रको मात्रै होईन, यो सबै जनतासँग जोडिएको छ ।

थापाले भने, ‘डेढ करोड खर्च गरेर पढेको चिकित्सकलाई मन्त्रीले चाहेर पनि गाउँ पठाउने नसक्ने अवस्था छ, त्यसैले मुहान सफा हुनुपर्छ केसीले मुहान सफा गर्ने अभियान गर्नुभएको हो ।, केसीले उठाएको मुद्धा जनताले उठाएको मुद्धा हो ।’

उनले डां केसीलाई तत्काल रिहाई गर्न माग गर्दै भने डा. केसीले उठाईएको मुद्धा तत्काल छानविन गरियोस्, दुधको दुध पानीको पानी होस् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

प्रर्दशनकारीका कारण आज विहान कार्यालय समयमा काठमाडौंको ट्राफिक व्यवस्था पनि प्रभावित भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com