विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अख्तियारी गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार ...
Read More »राष्ट्रिय
रुपन्देहीमा गोली लागेर घाईते पौडेलको मृत्यु
रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । घटनापछि मनोज पुनले ...
Read More »कांग्रेसको संसदीय दलमा देउवा र प्रकाशमानको टक्कर पर्ने संकेत, के भन्छन् रामचन्द्र?
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रकाशमान सिंहले टक्कर दिने देखिएको छ । काँग्रेसको निर्वाचनमा लज्जास्पद हारपछि देउवालाई सभापति पद छाड्ने दबाब हुँदा पनि उनले ‘मैलेमात्र पार्टीको हारको जिम्मा लिने हो र ?’ भन्दै भाषण गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक बन्न थालेको छ ...
Read More »शौचालय बनाउनेलाई रु १५ सय दिइने
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ ।हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले ...
Read More »पिकअपबाट खस्दा एक युवकको मृत्यु
तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको ...
Read More »टुंगो लाग्यो प्रदेशको अस्थायी मुकाम र भवन, कुन प्रदेशको कहाँ ?
सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ...
Read More »राष्ट्रपति भए चुप लागेर बस्ला भन्ने नसोचे पनि हुन्छः झलनाथ खनाल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपति भए पनि चुप लागेर नबस्ने बताएका छन् । बिहीबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले आफू निरन्तर सक्रिय रहने बताउँदै भने, ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’ उनले राष्ट्रपति पदलाई ...
Read More »सर्वदलीय बैठकमा उपस्थित भएनन् ओली, प्रधानमन्त्रीको प्रस्तावमा एमाले असहमत
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बलुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरे पनि वाम गठबन्धनका नेताहरु त्यसमा सहमत भएनन् प्रधानमन्त्री देउवाले बिहीबार बिहान प्रतिनिधिसभाका राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख ...
Read More »दुई डिग्रीबाट तल झर्यो काठमाण्डौँको तापक्रम, हिमपात पर्ने संभावना
काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको ...
Read More »एमाले सांसदलाई हृदयघात, कस्तो छ अवस्था ?
स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ । बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ ...
Read More »
English
MTV NEPAL MTVNEPAL