पिकअपबाट खस्दा एक युवकको मृत्यु

तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन् । बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com