नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपति भए पनि चुप लागेर नबस्ने बताएका छन् । बिहीबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले आफू निरन्तर सक्रिय रहने बताउँदै भने, ‘राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’ उनले राष्ट्रपति पदलाई अस्वीकार नगर्ने बताए ।
पूर्वप्रधानमन्त्री खनालले राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गरेर हिँड्ने वाला पनि छुइनँ ।’

English
MTV NEPAL MTVNEPAL


