उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को हप्ता उच्च स्तरीय वार्ता हुने भएको छ । दक्षिण कोरियाली संचार माध्यमहरुका अनुसार वार्ता यही जनवरी ९ तारिखमा हुने पक्का भएको बीबीसीले जनाएको छ । उक्त उच्च स्तरीय वार्ता फेबु्रअरीमा दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक गेम्समा उत्तर कोरियाका खेलाडीलाई सहभागीता गराउने बारे हुनेछ । उत्तर कोरियाका शासक किम जोङ–उनले अर्को हप्ता आफ्नो देशका डेलिगेट्स पठाउने बताए । उनले उत्तर र दक्षिण कोरियाली मानिसबीच एकताको राम्रो अवसर भएको समेत बताएका छन् । वार्ता उत्तर र दक्षिणको बोर्डर पानमुन्जोममा हुने बताइएको छ

English
MTV NEPAL MTVNEPAL


