अबैध गाँजा सहित भक्तपुरमा एक महिला पक्राउ

भक्तपुरमा एक महिलालाई प्रहरीले अबैध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका ६, पिपलबोट बस्ने ३९ वर्षीया पूर्णिमाया तामाङलाई अवैध १३ किलो ५ सय ग्राम गाँजासहित घरबाटै पक्राउ गरेको हो । तामाङले आफ्नै घरमा गाँजा सञ्चित गरी बिक्री गर्दै आइरहेको भन्ने सूचनाका आधारमा छापा मारी अवैध गाँजासहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागुऔषध ओसारपसार ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रसाईँले बताए।

 

 
THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com