सर्वदलीय बैठकमा उपस्थित भएनन् ओली, प्रधानमन्त्रीको प्रस्तावमा एमाले असहमत

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बलुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरे पनि वाम गठबन्धनका नेताहरु त्यसमा सहमत भएनन्   प्रधानमन्त्री देउवाले बिहीबार बिहान प्रतिनिधिसभाका राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने तयारी सरकारको थियो। बैठकमा सहभागी राजपा नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका लागि प्रस्ताव गरेपछि विभिन्न नेताहरुले आ(आफ्नो धारणा राखेका थिए। सोही क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले राष्ट्रियसभाको निर्वाचन जतिसक्दो छिटो गर्नुपर्नेमा जोड दिएका थिए। त्यसमा एमाले तथा राजपाका नेताहरुले पनि सहमति जनाएका थिए।कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार एमालेका नेताहरु प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने काम सरकारको भएको उल्लेख गर्दै सरकारले आफ्नो काम गर्न भनेका थिए । यस सम्बन्धमा के कस्ता प्रतिवेदनहरु छन्, त्यस सम्बन्धमा आफुहरुलाई जानकारी नभएको उल्लेख समेत गरेका थिए । त्यसैगरी राष्ट्रिय सभाको निर्वाचनका लागि पनि माघ २५ गतेसम्म कुर्नु नपर्ने एमाले नेताहरुको भनाई थियो । ‘त्यसमा प्रधानमन्त्रीले माघ २५ गतेको प्रस्ताव निर्वाचन आयोगबाट आएको उल्लेख गर्दै आयोगसंग त्यसअघि सकिन्छकी भन्ने सम्बन्धमा छलफल गर्ने बताउनु भयो’ पौडेलले भने । बैठकमा एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो। बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुषपकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, एमालेका तर्फबाट सुवास नेम्बाङ, भीम रावल, अग्नी खरेल, कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, शशांक कोइराला, विजय गच्छदार राजपा संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो लगायत अन्य नेताहरु पनि सहभागीता थियो।
THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com