। डा. गोविन्द केसी सोमबार दिउँसो ३ बजेदेखि फेरि अनशन बस्ने भएका छन् । सर्वोच्च अदालतले बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई पुनर्बहालीको आदेश दिएपछि डा. केसी पुनः अनशनमा बस्ने निर्णयमा पुगेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनशन बसेका डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशन बस्ने भएका हुन् । डा केसीले भनेका छन्, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको अब विकल्प छैन।’ आइतबार प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्वहाली गर्न आदेश दिएको थियो । यो आदेशपछि शर्मा जम्मा ४ दिनका लागि डिन बनेका छन् । शर्माको पदावधि पुस २८ मा सकिनेछ ।
अनशनका विषयमा जानकारी दिन डा केसीले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन सकिए लगत्तै अनशनमा बस्न लागेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिए । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा शशी शर्मालाई डिनबाट बर्खास्त गरेका थिए । त्यस विरुद्ध डा शर्मा अदालत गएका थिए ।

English
MTV NEPAL MTVNEPAL


