प्रदेश सरकार स्थापनार्थ १ अर्ब ५ करोड विनियोजन गर्ने सरकारको तयारी

अर्थ मन्त्रालयले प्रदेश सरकार गठन गर्नुपूर्व नै कार्यालय स्थापनाका लागि भन्दै एक अर्ब पाँच करोड रुपैयाँ निकास गर्ने तयारी गरेको छ । प्रदेश राजधानीको विषयमा विवाद भइरहँदा मन्त्रालयले भने कार्यालय स्थापना गर्न ७ प्रदेशलाई रकम दिने तयारी गरेको हो ।अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले राजधानी तोकेपछि मात्रै काम सुरु गर्न निकासा दिइने जनाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा सातवटा प्रदेशलाई विनियोजन गरेको रकम भन्दा भिन्न रहेको जनाएको छ । सरकारले चालु बजेटमा सात प्रदेशका लागि एक अर्ब दुई करोड रुपैयाँका दरले सात अर्ब १४ करोड विनियोजन गरेको थियो । सरकारको तर्फबाट कुनै निर्णय नभएपनि मन्त्रालयले भने तत्कालै व्यवस्थापन गर्न रकम आवश्यक पर्ने भएकाले बजेटको जोहो गरेको जनाएको छ । मन्त्रालयले छुट्टाएको रकमबाट प्रदेश सरकारले लिने सरकारी वा गैरसरकारी भवन र भाडामा लिने घर मर्मत गर्न, कार्यालय निर्मँण गर्न आवश्यक पर्ने सबै सामान खरिद गर्न छुट्टाएको हो ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com