नेपथ्यले तीन सहरमा प्रस्तुती दिने

काठमाडौं : स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले यसै अवसरमा मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरुसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो।

पुस २८ गते झापाको दमकबाट सुरु हुने यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरु गरिसकेको छ।

यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ।

नेपथ्यले माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमा बेलुकी ६ बजे कन्सर्ट सुरुहुनेछ। यसअघि पनि दुइ वर्षपहिले नेपथ्यले नदीको यस किनारमै भव्य कन्सर्ट आयोजना गरेको थियो।

त्यहाँस्थित पक्लिहवा हाइस्कुलमा बिहीबार बेलुकी ६ बजेदेखि नेपथ्य प्रस्तुती सुरु हुनेछ। त्यसै दिन सोनाम लोसार पनि परेकाले तामाङ समुदायको नयाँ वर्ष मनाउने अवसर नेपथ्यको कन्सर्टमा हुनेछ। नेपथ्यले तामाङ भेगबाट ‘भेँडाको ऊनजस्तो’ लगायत थुप्रै गीतहरु संकलन गरेको छ।

‘द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि हामीले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गरेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यस क्रममा निरन्तर खतरालाई चिर्दै मोफसलका श्रोता दर्शकहरुसँग जोडिएका हामी अहिले पनि कुनै न कुनै हिसाबले भेट्ने कोशिश गरिरहेकै छौं।’

यस्तो अवस्थामा नेपथ्यको २५औं वर्ष मनाइ रहँदाको क्षण मुलुकको बाँकी भागका श्रोताहरुमा पनि समर्पित गर्न पाउँदा आफुलाई खुशी लागेको गुरुङले बताए।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com