कपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने एमालेले जनाएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
दुई नेताबीच पार्टीभित्र थप छलफल गरेर अगाडि बढ्ने सहमति भएअनुसार एमालेले पार्टीभित्र छलफल गर्न बैठक डाकेको हो ।

English
MTV NEPAL MTVNEPAL


