अभिनेत्री ऐश्वर्याले मागिन दस करोड

काठमाडौं । बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ । सोही बहसकाबीच नयाँवर्षको सुरुवातमै केही फरक र नयाँ विषय सुन्नमा आएको छ ।

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ । जसका लागि ऐश्वर्याले निर्माण पक्षसँग ठूलो पारिश्रमिकको प्रस्ताव राखेकी छन् ।

बलिउड सुत्रका अनुसार ऐश्वर्याले फिल्मको निर्माण पक्षसँग १० करोड रुपैयाँ पारिश्रमिकको प्रस्ताव रखेकी हुन् । फिल्ममा ऐश्वर्याले निभाउनुपर्ने दोहोरो भूमिकाका कारण यो प्रस्ताव राखेको बताइएको छ ।

यो प्रोजेक्टमा लामो समय लाग्न सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस प्रोजेक्टका लागि निर्माण पक्षसँग सम्झौता भए ऐश्वर्याले अर्को प्रोजेक्टमा तत्काल काम नगर्ने पनि बताइएको छ । प्राप्त खबर अनुसार ऐश्वर्याको प्रस्तावलाई निर्माण पक्षले स्वीकार समेत गरिसकेको छ । ऐश्वर्या अहिले फिल्म ‘फन्ने खां’ को शूटिङमा व्यस्त छिन् । आगामी ईदमा ऐश्वर्याको फिल्म ‘फन्ने खां’ को रिलीज सलमान खानको ‘रेस ३’ का साथ भिडाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com