सर्वोच्च अदालतमा प्रा डा केसीको बयान सुरु

अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको बयान सुरु भएको छ। उनलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनको बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा आँच पुर्‍याउने भएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।

सोमबार अदालतले डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। उनलाई तोकिएकै समयमा अदालतमा उपस्थित गराइए पनि ढिलो गरी बयान सुरु भएको हो। बहस सकिएपछि थुनछेकको आदेश हुने छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com