पुस २५ – उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउने भएको छ ।
दुई कोरियाका उच्च अधिकारीबिच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । टोलीमा खेलाडी, समर्थक तथा अरु केही सरकारी अधिकारी रहने वार्ताको क्रममा उत्तर कोरियाले बताएको बिबिसीले उल्लेख गरेको छ ।
वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै दुई कोरियाबिच पछिल्लो दुई वर्षमा पहिलो पटक छलफल भएको हो ।
यो वार्ताले दुई कोरियाबिचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई कोरियाबिच यसअघि सन् २०१५ मा वार्ता भएको थियो । त्यसयता उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढ््दै गएको थियो ।

English
MTV NEPAL MTVNEPAL


