डा. केसीको पक्राउ प्रति चिकित्सक संघको आपत्ति

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २५ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ ।
आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ ।
डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनीय प्रगति हासिल भएको पनि स्मरण गराइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com