आज फागुन ७ हामी प्रजातन्त्र दिवस भन्दै विदा मनाउँदै छौ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड ...
Read More »राष्ट्रिय
विप्लवद्वारा ८ गते नेपाल बन्दको घोषणा
शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनाैं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप ...
Read More »ओली- प्रचण्ड सहमति नजिक
दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा ...
Read More »देउवालाई सर्वसम्मत नदिने तयारी
कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् । संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री ...
Read More »यी हुन् ओली सरकारका प्राथमिकता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो । सिंहदरबारस्थित एमाले संसदीय ...
Read More »प्रेमबहादुर सिंह सांसद हुनपाउँ भन्दै सर्वोच्च पुगे
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आफूलाई सांसद बनाइ पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि नै नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका सिंह समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नामावलीमा आफ्नो नाम नपरेपछि सर्वोच्च अदालत पुगेका हुन् । माओवादीले उनलाई पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी ...
Read More »को बन्ला नयाँ राष्ट्रपति ? यस्तो छ निर्वाचन प्रक्रिया
नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै मुलुकको ध्यान नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखतर्फ गएको छ । निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेपछि दलहरु छलफलमा जुटेका छन् । केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यबस्था थियो । केन्द्र र प्रदेशमा ...
Read More »प्रधानमन्त्री ज्यू, देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन।
दोश्रो पटक प्रधानमन्त्रि बने लगत्तै केपी शर्मा ओलिको सबै तिरबाट प्रसंसा हुन थालेको छ । नेपाली जनताले उहाबाट धेरै आशा र अपेक्षा पनि गरेका छन । अघिल्लो पटक उहा प्रधानमन्त्रि हुँदा देखाएको सपना पुरा होस् भनेर आम सर्बसाधरणले खुशी मनाउनु कुनै ठुलो कुरा हैन । तर बिभिन्न भेशधारी ब्यापारिहरु, दलालहरु, ...
Read More »प्रहरी हवल्दारघुस लिँदालिँदै पक्राउ
जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकीका एक हवल्दार घुससहित पक्राउ परेका छन् । पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस ...
Read More »राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले राजीनामा दिने
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले आज पदबाट राजीनामा दिने भएका छन् । ६ महिना कार्यकाल सम्हालेका वाग्लेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउँदै छन् । काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर ...
Read More »
English
MTV NEPAL MTVNEPAL